News Griha :: न्यूजगृह
दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड
दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड प्रतिनिधि सभामा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादी क्यान्टनमेन्टसम्बन्धी सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दोषी ठहरिए जेल जान तयार रहेको बताएका हुन् ।
शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा छ : प्रधानमन्त्री दाहाल
शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा छ : प्रधानमन्त्री दाहाल प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
जलवायु जोखिम कम गर्न ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा कार्य जारी : राष्ट्र बैंक  
जलवायु जोखिम कम गर्न ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा कार्य जारी : राष्ट्र बैंक   त्यस्तै, गभर्नर अधिकारीले उक्त कार्यले वित्तीय क्षेत्रका कम्पनी तथा जलवायु परिवर्तनलाई न्यूनीकरण र स्रोत संरक्षण गर्न, प्रदूषण रोकथाम गर्न, तथा जैविक विविधता संरक्षण गर्ने जस्ता वातावरण संरक्षणका गतिविधि वा लगानीको मूल्याङ्कन गर्न साझा भाषा र मापदण्डको एक खालको सेट प्रदान गर्न सहयोग पुग्ने बताए । 
भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागिपरेको छु : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागिपरेको छु : उपप्रधानमन्त्री श्रेष्ठ ‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।’
सत्य निरूपणसम्बन्धी विधेयक चाँडै टुङ्गोमा पुर्‍याउन सबै पक्ष लचक हुनुपर्छ : मन्त्री गुरुङ
सत्य निरूपणसम्बन्धी विधेयक चाँडै टुङ्गोमा पुर्‍याउन सबै पक्ष लचक हुनुपर्छ : मन्त्री गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदालाई पीडित, मानवअधिकारकर्मी, नागरिक समाजका  प्रतिनिधि र द्वन्द्वको पक्षबाट मात्रै हेर्नु नहुने बताएका छन् । 
कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा आन्तरिक कार्यविधि पारित
कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा आन्तरिक कार्यविधि पारित समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिना सूचना निरन्तर ५ वटा बैठकमा सांसदहरू अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था गरेको छ । कार्यविधिमा  ५ वटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ । 
नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटी अध्यक्ष शमशेर मियाँ पक्राउ 
नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटी अध्यक्ष शमशेर मियाँ पक्राउ  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न भएको आरोपमा शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँ हज कमिटीका अध्यक्ष हुन् । 
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गरेका छन् । 
तोलामा ३ सयले घट्यो सुनको मूल्य
तोलामा ३ सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७८ सयमा कारोबार भइरहेको छ । 
आफ्नै सहयोगीलाई जेल हाल्न आँट गर्नुपर्छ : मन्त्री किराती
आफ्नै सहयोगीलाई जेल हाल्न आँट गर्नुपर्छ : मन्त्री किराती उनले भने ‘जो भ्रष्टाचारमाथि उदार हुन्छ त्यो देश कहिले पनि सफल हुँदैन । आफ्नै सहयोगीलाई जेलमा आराम गराएर आफूले राज्यसत्ता हाक्न आँट गर्नुपर्छ । भ्रष्टाचार हाम्रो शत्रु हो । म तपाईंहरूलाई आग्रह गर्छु, भ्रष्टाचार अन्त्यको निम्ति यो सरकारले चौतर्फी अभियान सञ्चालन गर्नेछ ।’ 
प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्रीले गरे सभामुखसँग छलफल 
प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्रीले गरे सभामुखसँग छलफल  बिहीबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् । प्रधानमन्त्री र सभामुखको छलफलका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन ।
Weather Update