मनाङमा मनाइयो छेटु अर्थात् मितेरी पर्व शनिबार, असार ३०, २०८०

बाढीले सीमा स्तम्भ बगायो शनिबार, असार ३०, २०८० निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सूचनाको हकका लागि समुदाय जागरण अभियान शनिबार, असार ३०, २०८० सूचनाको हकका लागि ‘समुदाय जागरण अभियान’ सुरु भएको छ ।

इलाममा चिया प्रविधिसम्बन्धी अध्यापन हुने शनिबार, असार ३०, २०८० नेपालमा चियाखेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी अध्यापन हुने भएको हो ।

एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल शनिबार, असार ३०, २०८० एमालेको काठमाडौं महानगर कमिटीले शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे ।

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : सभापति लामिछाने शनिबार, असार ३०, २०८० उनले भने, ‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर, मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् ।’

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौँ : उपप्रधानमन्त्री खड्का शनिबार, असार ३०, २०८० उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ शनिबार, असार ३०, २०८० उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ, छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।’

बागलुङमा एक पुरुषको शव फेला शनिबार, असार ३०, २०८० बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति शनिबार, असार ३०, २०८० भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ शनिबार, असार ३०, २०८० सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु शनिबार, असार ३०, २०८० भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा शनिबार, असार ३०, २०८० महामन्त्री थापाले पार्टीका साथीहरूको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे । उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे ।









