दक्षिण कोरिया: विमान दुर्घटनाअघि दिइएको थियो चरा ठोक्किन सक्ने चेतावनीआइतबार, पुस १४, २०८१
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार आइतबार, पुस १४, २०८१ विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार...
दक्षिण कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या ८५ पुग्यो [अपडेट] आइतबार, पुस १४, २०८१ सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।
दक्षिण कोरियाको एअरपोर्टमै जहाज दुर्घटना, २८ जनाको मृत्यु आइतबार, पुस १४, २०८१ दुर्घटनामा २८ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। १७५ यात्रु र चालक दलका ६ सदस्य रहेको जहाज अवतरणका क्रममा धावनमार्ग बाहिरिँदै पर्खालमा ठोक्किएको थियो।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन शुक्रबार, पुस १२, २०८१ राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईआईएमएस) अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
कजाकिस्तानमा जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो बिहीबार, पुस ११, २०८१ दुर्घटनामा ३८ जनाको मृत्यु भएको र २९ जनाको उद्धार गरिएको अमेरिकी पत्रिका सीएनएनले जनाएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि कजाकिस्तानका सरकारी समाचार संस्थाहरुलाई उद्धृत गरेरे सीएनएनले लेखेको छ।
६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना बुधबार, पुस १०, २०८१ कजाकिस्तानमा ६२ यात्रु र पाँच चालक दल बोकेको जहाज दुर्घटनामा परेको छ। अजरबैजान एअरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बीबीसीले जनाएको छ।
मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान मंगलबार, पुस ९, २०८१ 'मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,' मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।
रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी सोमबार, पुस ८, २०८१ दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई बुझाएको थियो । त्यसयता थप एक हजार उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको बताइएको छ ।
मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित २ जनाको मृत्यु मंगलबार, पुस २, २०८१ रुसी अधिकारीहरूका अनुसार विद्युतीय स्कुटरमा लुकाएर राखिएको डिभाइस पड्किएको हो । किरिलोभलाई युक्रेनमा रासायनिक हतियार प्रयोगमा नजरअन्दाज गरेको भन्दै बेलायतले प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी विद्यालयमा छात्राले गरिन् दुईजनाको हत्या, ६ विद्यार्थी घाइते मंगलबार, पुस २, २०८१ प्रहरीले परिवारको सहयोगमा ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको छ। आक्रमणकारी र घाइतेहरूको नाम भने खुलाइएको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।
बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन हुने सोमबार, पुस १, २०८१ बङ्गलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताएका हुन् ।
ट्रम्पविरुद्ध गलत समाचार प्रशारण गर्ने एबीसी टिभीले तिर्यो १५ करोड डलर आइतबार, मंसिर ३०, २०८१ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए ।