News Griha :: न्यूजगृह
ट्रम्पविरुद्ध गलत समाचार प्रशारण गर्ने एबीसी टिभीले तिर्‍यो १५ करोड डलर

काठमाडौं — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए ।

उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो ।

शनिबार भएको सम्झौता अनुसार एबीसीले प्रस्तोता स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै खण्डन प्रकाशन पनि तयार भएको छ । साथै एबीसीले ट्रम्प पक्षको कानुनी फीबाफत् एक करोड डलर पनि तिर्ने छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०८:२९
Weather Update