चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारीबिहीबार, मंसिर १३, २०८१
इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत बुधबार, मंसिर १२, २०८१ इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो। तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ। यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ।
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु मंगलबार, मंसिर ११, २०८१ पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ।
पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन मंगलबार, मंसिर ११, २०८१ पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ। भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन्।
इजरायल-हिजबुल्लाह युद्धविरामनजिक मंगलबार, मंसिर ११, २०८१ अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार इजरायल र हिजबुल्लाहबीच छिटै नै युद्धविरामको सम्झौता हुन लागेको छ। यसै विषयमा छलफल र निर्णय गर्नका लागि मंगलबार नै इजरायली क्याबिनेट बैठकसमेत बोलाइएको छ।
इजरायली आक्रमणमा परी बेरुतमा २० जनाको मृत्यु आइतबार, मंसिर ९, २०८१ लेबनानले इजरायली आक्रमणमा परी बेरुतमा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ । इजरायली आक्रमणमा मध्य बेरुतमा रहेको ८ तले आवासीय भवन ध्वस्त भएको लेबनानले जनाएको छ ।
चिकित्सकले मृत घोषणा गरेका युवक चिताबाट ब्युँझिएपछि... शनिबार, मंसिर ८, २०८१ बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरे ।
प्रियंका गान्धी भारतको लोकसभा सदस्य निर्वाचित, तोडिन् राहुल गान्धीको रेकर्ड शनिबार, मंसिर ८, २०८१ शनिबार सम्पन्न मतगणना अनुसार गान्धी ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दै वायनाडबाट निर्वाचित भएकी हुन्। साथै गान्धी परिवारबाट संसद् प्रवेश गर्ने तेस्रो व्यक्ति बनेकी छन्।
वायनाडमा भाजपा उम्मेदवारलाई २ लाख मतले पछि पारिन् प्रियंका गान्धीले शनिबार, मंसिर ८, २०८१ भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले डेढ लाखभन्दा बढी मतान्तरले अग्रता लिएकी छन्। गान्धीले २ लाख ५३ हजार ९४० मत ल्याएकी छन्। कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरीले ८६ हजार मत ल्याएका छन्।
भारतमा १० जना विद्रोही माओवादी मारिए शनिबार, मंसिर ८, २०८१ भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
पाकिस्तानमा यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु शुक्रबार, मंसिर ७, २०८१ बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए। अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ।
इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी बिहीबार, मंसिर ६, २०८१ आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ। यद्यपि इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको छ।
उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु बिहीबार, मंसिर ६, २०८१ मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ।