जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाटबिहीबार, कात्तिक २९, २०८१

१६ लाख किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप निःशुल्क लगाउने निर्णय बुधबार, कात्तिक २८, २०८१ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्। खोप लगाउनेबारे मंगलबार मन्त्रिस्तरीय निर्णय भएको हो। आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। अभियान १५ दिनसम्म चल्नेछ।

अबदेखि जन्मनेबित्तिकै बच्चाको थाइरोइड‚ जन्डिस परीक्षण अनिवार्य बिहीबार, कात्तिक १५, २०८१ अबदेखि बच्चा जन्मनेबित्तिकै चार प्रकारका विशेष प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ। विशेष गरी प्रसूति सेवा प्रदान हुने ठूला संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्नुपर्ने भएको हो।

नेपालगञ्जमा डेँगु सङ्क्रमणको उच्च जोखिम बिहीबार, कात्तिक १५, २०८१ नेपालगञ्ज उपमहानगरपालिका डेँगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ। बाँकेमा हालसम्म डेँगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय आइतबार, कात्तिक ११, २०८१ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।

उपराष्ट्रपति यादव अस्पताल भर्ना, हर्नियाको शल्यक्रिया गरिने बुधबार, कात्तिक ७, २०८१ उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको शल्यक्रिया बुधबार गरिने छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए।

पोखरामा रगत अभाव, बिरामीको उपचारमा समस्या मंगलबार, कात्तिक ६, २०८१ पोखरामा चाडपर्वका कारण रक्तदान र संकलन नहुँदा रगत अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको बताएको छ। साथै डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको छ।

डेङ्गुको ‘हट स्पट’ बन्दै तनहुँको व्यास नगरपालिका सोमबार, कात्तिक ५, २०८१ तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेङ्गु सङ्क्रमणको ‘हट स्पट’ बन्दै गएको छ। पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको छ।

चितवनमा रगत अभाव शुक्रबार, कात्तिक २, २०८१ जिल्लामा रगतको अभाव भएको छ। चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो। नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ।

चिसो बढे पनि घटेन डेङ्गु, काठमाडौंमा हप्तामै पाँच सयभन्दा बढी सङ्क्रमित भेटिए बिहीबार, कात्तिक १, २०८१ चिसो बढे पनि डेङ्गु सङ्क्रमण घट्न सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो विवरण हेर्दा देशभर डेङ्गु सङ्क्रमण बढिरहेको छ।

१३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण मंगलबार, असोज २९, २०८१ अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए ।

यसकारण कमजोर बन्दै छन् नेपालीका हाड बिहीबार, असोज २४, २०८१ 'हिजोआजको पुस्ताको त हाडै कच्चा। सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने। हात खुट्टा झनै कमजोर। सामान्य रूपमै भ-याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन्। न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै। कसरी बलियो होस् त हड्डी?'

जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी सोमबार, असोज १४, २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ। मन्त्री नियुक्त भएलगत्तै प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए।मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ।