News Griha :: न्यूजगृह
अस्पतालमा बिरामीको चाप बढेपछि भूइँमा राखेर उपचार
अस्पतालमा बिरामीको चाप बढेपछि भूइँमा राखेर उपचार गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ।अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्दै आएको भए पनि यस पटकदेखि बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको हो।
पाँच हजार नाघे डेङ्गु सङ्क्रमित, हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा सङ्क्रमण
पाँच हजार नाघे डेङ्गु सङ्क्रमित, हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा सङ्क्रमण कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेङ्गु सङ्क्रमण 
हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेङ्गु सङ्क्रमण  वर्खायाम लागेसँगै डेङ्गु र हैजा रोगको सङ्क्रमण बढेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएको बताए। 
कोरोनाभन्दा एमपक्स कसरी फरक छ?
कोरोनाभन्दा एमपक्स कसरी फरक छ? पछिल्लो दुई वर्षमा, एमप्क्स अफ्रिकाका १६ देशहरूमा फैलिएको छ। तर अफ्रिका सीडीसीले कुनै पनि सीमा बन्द गर्ने वा तालाबन्दी लगाउने बारेमा कुरा गरेन। अफ्रिका सीडीसीका महानिर्देशक डा. जीन कासियाका अनुसार मानिसको आवतजावतमा प्रतिबन्ध लगाउने वा सामानको आवतजावतमा रोक लगाउनु पर्ने आधारमा हाल कुनै प्रमाण छैन। एमपक्स सामान्यतया एक अपेक्षाकृत हल्का...
देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि
देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ५८ जना पुगेको छ।विभिन्न जिल्लामा  सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या ५८ पुगेको हो।स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन्।
खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु
खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पताल प्रमुख डा रूपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याइएकाले मृत्यु भएको बताए।
देशभर ५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित
देशभर ५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्यसमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौंमा दुई, प्यूठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ।
पाँच दिनमा ७१९ जना डेङ्गु सङ्क्रमित थपिए, तनहुँ रेड जोनमा, काठमाडौंको अवस्था के छ? 
पाँच दिनमा ७१९ जना डेङ्गु सङ्क्रमित थपिए, तनहुँ रेड जोनमा, काठमाडौंको अवस्था के छ?  पाँच दिनमा देशभर ७१९ जना डेङ्गु सङ्क्रमित थपिएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (ईडीसीडी) का अनुसार साउन २२ गतेसम्म २३६५ जना सङ्क्रमित रहेकोमा साउन २६ गतेसम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या ३ हजार ८४ जना पुगेको हो।
पाँच जिल्लामा फैलियो हैजा, ४७ जनामा सङ्क्रमण पुष्टि
पाँच जिल्लामा फैलियो हैजा, ४७ जनामा सङ्क्रमण पुष्टि देशभर पाँच जिल्लामा हैजा फैलिएको छ। ललितपुर, काठमाडौँ, कैलाली, प्यूठान र रूपन्देहीमा हैजा फैलिएको हो।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।
डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु
डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा (ईडीसीडी)का अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको हो।
फैलिँदै हैजा : देशभर २० जनामा पुष्टि
फैलिँदै हैजा : देशभर २० जनामा पुष्टि  देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए।उनले सहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण...
ललितपुरमा ७ र कैलालीमा ३ जनामा हैजा पुष्टि
ललितपुरमा ७ र कैलालीमा ३ जनामा हैजा पुष्टि हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुनुपर्ने...
Weather Update