नाङ्लो बुनेर लोभलाग्दो आम्दानीशुक्रबार, कात्तिक २, २०८१

शेयर बजार २७४५ अंकमा बिहीबार, कात्तिक १, २०८१ अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नै पर्ने बिहीबार, कात्तिक १, २०८१ समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ ।

भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता बिहीबार, कात्तिक १, २०८१ भारतबाट आयात गरिएको ८५ हजार किलो चामल गुणस्तरहीन पाइएपछि भन्सार नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको ८५ हजार किलो चामल मापदण्डअनुसार नभएकाले उतै फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

यस वर्ष पनि राजस्व सङ्कलन निराशाजनक, खर्चले उछिन्यो आम्दानी बिहीबार, कात्तिक १, २०८१ महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ ।

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो बिहीबार, कात्तिक १, २०८१ वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०र ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।

अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्रा सस्तिए बिहीबार, कात्तिक १, २०८१ राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर बुधबार, असोज ३०, २०८१ कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ। २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटेको छ।

रेमिट्यान्स वृद्धि १५.२ प्रतिशत, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो मंगलबार, असोज २९, २०८१ गत साउन र भदौमा रेमिट्यान्समार्फत २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको हो । गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो ।

दसैँपछि खुलेको शेयर बजार २७०० नजिक पुग्यो मंगलबार, असोज २९, २०८१ दसैँपछि खुलेको शेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१. ४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ ।

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो मंगलबार, असोज २९, २०८१ विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज २९, २०८१ भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने...

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो सोमबार, असोज २८, २०८१ युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक...