शेयर बजार २६३९ अंकमा झर्योसोमबार, कात्तिक ५, २०८१

सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड, कति पुग्यो तोलाको? सोमबार, कात्तिक ५, २०८१ अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।

चिया निर्यात बढ्यो, अलैँची घट्यो सोमबार, कात्तिक ५, २०८१ चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। आव २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४...

युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र कुवेती दिनार सस्तिए सोमबार, कात्तिक ५, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

चार दिनमै बढ्यो अन्डाको मूल्य, कति पुग्यो? आइतबार, कात्तिक ४, २०८१ अन्डाको मूल्य चार दिनमै वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो।

नेप्से ४७.४४ अंकले घट्यो, कारोबार बढ्यो आइतबार, कात्तिक ४, २०८१ अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ। कारोबार रकम भने बढेको छ। गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो ।

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने आइतबार, कात्तिक ४, २०८१ अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन्। उनले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए।

सुन तोलाको १ लाख ६५ हजार आइतबार, कात्तिक ४, २०८१ अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी शनिबार, कात्तिक ३, २०८१ मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।

हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द शनिबार, कात्तिक ३, २०८१ हेटौँडा हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, कात्तिक ३, २०८१ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

सेवा रेमिटको लाइसेन्स खारेज, कम्पनीसँग लेनदेन भए दाबी गर्न ३५ दिने म्याद शुक्रबार, कात्तिक २, २०८१ खारेज हुने उक्त रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको मितिभित्र दाबी गरेमा बैंक जमानतले खामेसम्मको रकममात्र हिसाब मिलान हुने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो शुक्रबार, कात्तिक २, २०८१ अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो।









