आरबी लाइप्जिग बन्यो पहिलोपटक च्याम्पियन

काठमाडौं— दश पटकको च्याम्पियन बायर्न म्युनिखमाथि सानदार जित निकाल्दै आरबी लाइप्जिग पहिलोपटक जर्मन सुपर कपको च्याम्पियन बनेको छ ।
स्पेनिस विंगर डानी ओल्मोले ह्याट्रिक पूरा गरेपछि लाइप्जिगले लगातार तीन संस्करणको च्याम्पियन बायर्नमाथि ३–० को सानदार जित निकाल्दै च्याम्पियन बनेकाे हाे ।
एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नले बल पोसेसन राख्दै दबाब बढाए पनि गोल गर्न भने सकेन ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ०८:४०