News Griha :: न्यूजगृह
वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाइ’ लोकार्पण

काठमाडौं— वरिष्ठ पत्रकार भैरव रिसालको ‘भैरव दाइ’ पुस्तक लोकार्पण भएको छ ।

शनिबार काठमाडौंमा रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर सो पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगको भ्रमण’ लगायत अनुभूति समेटिएको छ । 

रिसालका अनुसार मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै जीवित रहुन्जेल राम्रो काम गर्नुपर्ने बताएका छन् । लोकार्पण समारोहमा विशिष्ट व्यक्तित्वको सहभागि थियो ।
    

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:११
Weather Update