अल नासर अरब कपको फाइनलमा, रोनाल्डोको उत्कृष्ट प्रदर्शन

काठमाडौं— अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।
गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १—० गोलले हराउँदै अल नासर उपाधिनजिक पुगेको हो ।
अल नासरको लागि एक मात्र गोल क्रिष्टियानो रोनाल्डोले गरे । उनले खेलको ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
गएराति नै भएको अर्को खेलमा अल शबाबलाई हराउँदै अल हिलाल क्लब पनि फाइनलमा पुगेको छ । फाइनल खेल शनिबार राति हुनेछ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० ०७:२०