News Griha :: न्यूजगृह
अस्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक

काठमाडौं— नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् । डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ ।

प्रदर्शन मात्र नभई विदेशमा प्रचारप्रसार पनि सुरु गरिएको छ । आउँदो भदौ ८ गते प्रदर्शन हुने चलचित्र ‘जय हो’ को ट्रेलर अस्ट्रेलियाको सिड्नीस्थित रकडेलमा सार्वजनिक गरिएको छ ।

चलचित्रका अभिनेता सलोन बस्नेत, निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारी तथा स्थानीय प्रदर्शक देव कार्कीको सहभागितामा भएको कार्यक्रममा चलचित्रको बारेमा जानकारी गराइयो ।

अभिनेता बस्नेतले आफ्नो लागि यो पहिलो अनुभव रहेको बताए । टेक पौरखी राईले निर्देशन गरेको चलचित्रमा अभिनेता बस्नेतसँगै केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स र सन्देश शाहले ट्रेलर सम्पादन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २२:१४
Weather Update