News Griha :: न्यूजगृह
दुई अर्ब लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला बन्ने 
फाइल तस्बिर ।

विराटनगर— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन्  ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले अहिले रङ्गशालाका लागि  तीन करोड रुपैयाँ बजेट विनियोजन भएको र यसको डीपीआर तयार भइसकेपछि दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताए ।  

मन्त्री लिम्बूले भने, ‘क्रिकेट मैदान, स्विमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रङ्गशाला खास किसिमको हुने छ ।’ 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:२४
Weather Update