News Griha :: न्यूजगृह
थ्री नेसन्स कप : बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं— प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र लाओसले प्रतिस्पर्धा गरिरहेको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको हो ।

लाओसले १७अ‍ौं मिनेटमा सुरुआती अग्रता लियो । उसका लागि फोउचाङभोङ साङ्भिले गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि उनले गोल गरे ।

२२अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:४७
Weather Update