मकवानपुर पहिरोमा बेपत्ता ६ जना अझै फेला परेनन्, बागमती नदीले बगाएको आशंका

काठमाडौं— मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना अझै फेला परेका छैनन् ।
उनीहरूलाई बागमती नदीले बगाएको आशंका गरिएको छ । गएरातिदेखिको वर्षाका कारण लेदोसहितको पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षीया छोरी शिला, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता छन् ।
यो पनि पढ्नुहोस
मकवानपुरमा पहिराेले घर बगाउँदा एक जनाको मृत्यु, ६ बेपत्ता
अक्कलबहादुरकी ५५ वर्षीया श्रीमती शान्तामाया व्लोनलाई भने स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए । तर उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएको घरलाई बागमती नदीले बगाएको छ । बेपत्ता ६ जनाको खोजी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १२:१३