मकवानपुरमा पहिराेले घर बगाउँदा एक जनाको मृत्यु, ६ बेपत्ता

मकवानपुर— मकवानपुरको बाग्मती गाउँपालिका–५ सिग्रेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाग्मती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले पुरिएको हो ।
पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।
अक्कल बहादुर,उनका छोरी शिला स्याङतान,ज्वाइँ जीवन पहरी,नाति चार वर्षीय मिलन पहरी,डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिराेमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १०:०२