भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर
काठमाडौं— भारतको गत शनिबार चन्द्रमामा पठाएको चन्द्रयान–३ ले पहिलो तस्बिर पठाएको छ । चन्द्रमाको कक्षामा प्रवेश गरेसँगै चन्द्रयान–३ ले तस्बिर पठाएको हो ।
‘यो अन्तरिक्षयान चन्द्रमाको कक्षामा प्रवेश गरिरहेका बेला चन्द्रमा यस्तो देखिएको थियो,’ चन्द्रयान–३ को एक्स (ट्विटर) ह्याण्डलमा लेखिएको छ ।
आगामी २३ अगस्टमा चन्द्रयानले चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्याण्डिङ गर्ने छ । यसअघि भारतको चन्द्रयान–२ यही चरणमा फेल भएको थियो ।
चन्द्रयान–३ मा एउटा ल्याण्डर, एउटा रोवर र एउटा प्रोपल्सन मोड्युल राखिएको छ । यसको तौल जम्मा तीन हजार नौ सय किलो रहेको छ ।
The Moon, as viewed by #Chandrayaan3 spacecraft during Lunar Orbit Insertion (LOI) on August 5, 2023.#ISROpic.twitter.com/xQtVyLTu0c
— LVM3-M4/CHANDRAYAAN-3 MISSION (@chandrayaan_3) August 6, 2023
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १०:२५



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/rastriya-sava-1-1720169961.jpg)






