News Griha :: न्यूजगृह
आर्सनलले जित्यो कम्युनिटी शिल्ड

काठमाडौं— आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४—१ ले हराउँदै गर्दै आर्सनलले सो उपाधि जितेको हो ।

निर्धारित समयमा १—१ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । कोल पाल्मरले खेलको दोस्रो हाफको ७७ ‍औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

इन्जुरी समयको ११औं  मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०७:२३
Weather Update