News Griha :: न्यूजगृह
मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले आरसी लेन्सलाई हरायो

काठमाडौं— इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब आरसी लेन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलको युनाइटेडले ३–१ को जित निकालेको हो । युनाइटेडका लागि मार्कस रासफर्ड, एन्टोनी र क्यासेमिरोले १–१ गोल गरे ।

लेन्सले खेलको २३औं मिनेटमा फ्लोरियन सोटोकाको गोलमा अग्रता लिएको थियो । 

दोस्रो हाफको ४९औं मिनेटमा युनाइटेडले बराबरी गोल फर्कायो । एन्टोनीको पासमा रासफर्डले पेनाल्टी क्षेत्रबाट फिनिस गर्दै खेललाई १–१ को स्थितिमा ल्याए ।

त्यसको ४ मिनेटपछि नै एन्टोनीले आफैं गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । क्यासेमिरोले ५९ औं मिनेटमा अर्को गोल थप्दै युनाइटेडको जित पक्का गरे ।

युनाइटेडले अब सोमबार मैत्रीपूर्ण खेलमा एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:३७
Weather Update