News Griha :: न्यूजगृह
रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ पार्टनरमा इसेवा

काठमाडौं— लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ पार्टनरको रुपमा इसेवा जोडिएको छ। शोको डिजिटल अडिसन भर्खरै सकिएको छ ।  

शोको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा छन्।  ‘दोहोरी आइडल’ का विजेताले १५ लाख रुपैयाँ, दोश्रो हुनेले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। शो नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुनेछ । 


 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १३:३५
Weather Update