News Griha :: न्यूजगृह
चलचित्र ‘प्रेमा’ हलमा 

काठमाडौं— प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आएको छ ।

‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । चलचित्रमा गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको छ ।

प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा  गरिएको हो । चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन् ।

चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रूप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १०:५४
Weather Update