News Griha :: न्यूजगृह
चलचित्र ‘बुलाकी’बारे के भन्छिन् सुरक्षा ?

काठमाडौं— नेपाली चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग विवाह गरेर हिँडेपछिको कथावस्तुमा फिल्म निर्माण भएको छ ।

ट्रेलर अनुसार पत्नी अर्कै पुरुषसँग हिँडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि लिने निर्णयमा ट्रेलर सकिएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले जारीप्रथाको बारेमा फिल्म बनाइएको बताइन् । उनले अझैपनि यो प्रथा केही क्षेत्रहरुमा बाँकी रहेकाले हट्नु अनिवार्य भएको बताइन् ।

उनले ‘हामीले चलचित्रमा लामो इतिहास बोकेको कथालाई उजागर गरेका छौँ । महिलाको हकमा कुरा गर्दा जारीप्रथाको बारेमा कुरा उठाएका छौँ । यो हट्नुपर्छ । जारीप्रथा अझै पनि रहेको छ ।’

फिल्ममा अभिनेत्री पन्तसहित नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, प्रकाश कँडेल लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । लक्ष्मण सुनार निर्देशन र टोपेन्द्र बिष्टले निर्माण गरेको फिल्म कर्णालीको परिवेश र भूगोलमा छायांकन गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:२५
Weather Update