
काठमाडौं— गीतकार वैकुण्ठप्रसाद उपाध्यायको ‘छाती किन पोल्छ’ र ‘मैले दिएको चोखो माया’ बोलका दुई गीतका म्यूजिक भिडिओ एकसाथ सार्वजनिक गरिएको छ ।
बिहीबार जमलस्थित विश्वज्योति सिने प्लेक्समा आयोजित प्रिमियर शोमा वरिष्ठ गीतकार राजेन्द्र थापा, हास्य कलाकार सन्तोष पन्त तथा सञ्चारकर्मी प्रकाश सायमीले संयुक्तरुपमा म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।
उपाध्यायकै शब्द सिर्जना भएको सो गीतमा स्वरुपराज आचार्यको स्वर तथा नारायण लामाको संगीत सुन्न सकिन्छ । सो गीतमा नायिका केकी अधिकारी र सराज गराचको मुख्य अभिनय छ ।
कार्यक्रममा हास्य कलाकार सन्तोष पन्तले गीतमा शब्द संगीत राम्रो रहेको भन्दै प्रशंसा गरे । वरिष्ठ गीतकार राजेन्द्र थापाले गीतको मर्मलाई कम ध्यान दिइएको भन्दै सच्याउनु पर्ने बताए । सञ्चारकर्मी सायमीले नेपाली गीतको श्रीवृद्धिका लागि गुणस्तरीय गीत बजार आउनु पर्ने बताए ।