स्वर्ग झै शैलुङ [तस्बिरहरू]
समुद्री सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेको शैलुङलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने शैलुङ वर्षामा कहिले घामसँग त कहिले कुहिरोसँग लुकामारी खेल्छ । दूबोको गलैँचाले सधैँ आगन्तुकलाई शैलुङले स्वागत गर्छ । अनि विभिन्न जातका फूलले सत्कार गरिरहेको हुन्छ । शैलुङलाई बौद्ध धर्मावलम्बीले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्ने स्थानीय दावासङ्वु शेर्पा बताउँछन् । हिन्दु धर्मावलम्बीले शैलुङलाई भगवान् शिवको तपो भूमिका रूपमा श्रद्धाभाव प्रकट गर्छन ।








प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १६:५६




![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






