News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप : प्रारम्भिक टोली घोषणा [नाम]

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

सो प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । छनोट हुने प्रारम्भिक नेपाली टोलीको सदस्यमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दीप जोरा छन् ।

त्यसैगरी सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल रहेका छन् ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विभिन्न १० राष्ट्रले  सहभागिता जनाएमकामा ती राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित साउदी अरेबिया, मलेसिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा कुवेत, बहराइन, सिङ्गापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

उक्त प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

त्यसैगरी शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ । नेपालले आगामी वैशाख ५ गते मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:४२
Weather Update