मेस्सीको गोलमा इन्टर मियामी विजयी
काठमाडौं— मेस्सीको गोलमा इन्टर मियामी विजयी भएको छ ।
लिग कप साउथअन्तर्गत समूह सी को खेलमा मेस्सीले इन्जुरी समयको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २–१ ले पराजित गरेको हो ।
मेस्सी डेब्यु खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । त्यसअघि थोमस टेलरले ४४औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए ।
क्रुजका उरियल अन्टुनाले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर मेस्सीले इन्जुरी समयमा गोल गर्दै इन्टर मियामीलाई जित दिलाए ।
मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर मेजर सकर लिग क्लब इन्टर मियामी पुगेका हुन् ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० ०९:१९