News Griha :: न्यूजगृह
स्व.बखतबहादुर चित्रकारको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौं— स्व.बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । स्व.चित्रकारको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा चित्रकारको परिवारद्वारा प्रकाशन गरिएको ‘बखतबहादुर शब्दचित्र स्मृति ग्रन्थ’ बिहीबार विमोचन गरिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस)का आलेख समाचार प्रमुख कृष्ण अधिकारीको लेखनमा आएको उक्त स्मृति ग्रन्थमा लेखकले बखतबहादुरसँग गरेको कुराकानी, आलेख, उनका केही लेख र अन्तर्वार्ता, उनीबारे विभिन्न व्यक्तित्वले लेखेका लेख तथा तस्बिरहरू समावेश गरिएको छ ।

राजधानीकै बासिन्दा भएर पनि आर्थिक अवस्था कमजोर भएका स्व.बखतबहादुरले गरेका संघर्षलाई पुस्तकमा समावेश गरिएको छ ।

काठमाडौंको सामान्य परिवारमा जन्मिएका स्व.चित्रकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको साहित्यकार चेतनाथ कँडेल बताउँछन् ।

वि.सं.१९८७ माघ १८ मा काठमाडौंको याट्खा टोलमा जन्मिएका स्व बखतबहादुरले नेपालमा दश जोड दुई शिक्षा प्रणालीको आरम्भ गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:११
Weather Update