News Griha :: न्यूजगृह
एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने

काठमाडौं— आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो ।

आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ । यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुनेछ  ।

प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन् ।  एशिया कपमा नेपाल समूह ए मा परेको छ ।

नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

acc1689815360.jpg

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:४९
Weather Update