News Griha :: न्यूजगृह
नेपाल तीन विकेटले विजयी

काठमाडौं— एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल तीन विकेटले विजयी भएको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले यूएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्‍यो । 

नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे। अर्का ओपनर अर्जन साउद भने डकआउट भएका थिए । 

नेपालका लागि देव खनाल र सन्दीप जोराले २४/२४ रन जोडे। कप्तान रोहित पौडेल ९, गुल्सन झा ११ रन र पवन सर्राफ शून्यमा आउट भए। प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे । 

बलिङमा युएईका फराजुद्दिनले ५ विकेट लिए । त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १५:५९
Weather Update