News Griha :: न्यूजगृह
नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी

काठमाडौं— व्यावसायिक फुटबल खेल्न इजरायल जान लगेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनको बिदाइ गरिएको हो । भण्डारीले इजरायलको क्लबहापोएलरानानाबाट युरोपमा लिग खेल्दै छिन् । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लबमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए । 

samba bidhai1689754741.jpg

भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको प्रतिक्रिया दिइन । उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् ।

उनले आफूले दक्षिण एसियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन् । उनले आफ्नो यो यात्रा भावी पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताइन् । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १४:०१
Weather Update