News Griha :: न्यूजगृह
नेपालले यूएई 'ए'लाई १५७ रनमा अलआउट गर्‍यो

काठमाडौं—  नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो । नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए ।

उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् । खेलमा मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सराफले १—१ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:५१
Weather Update