क्रिकेट
एसीसी इमर्जिङ कपमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं— एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बुधबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) 'ए'बीच प्रतिस्पर्धा हुँदै छ ।
खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली आज आम्नेसाम्ने हुनेछन् ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।
युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० ०६:५१