News Griha :: न्यूजगृह
मत्स्यनारायण मेला आजदेखि 

काठमाडौं— चन्द्रागिरि नगरपालिका– ९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आज मङ्गलबारदेखि सुरु भएको छ ।

तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायण मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ ।

एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरुषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ । चन्द्रागिरि– ९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने बताए ।

मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाइ छ। मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०९:५७
Weather Update