राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

काठमाडौं— नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानको जिम्मेवारी मानबहादुर श्रेष्ठलाई दिने निर्णय भएको छ ।
नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका रुश्रेष्ठ ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।
गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि संघले हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ०९:२८