इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ‘ए’ सँग खेल्दै नेपाल

काठमाडौं— श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’ सँग खेल्दैछ । समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’ सँग खेल्न लागेको हो ।
पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो । इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ देश सहभागी प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । यो प्रतियोगितामा अन्य देशले युवा खेलाडीलााई अवसर दिएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० ०६:२०