घरेलु मैदानमा नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं— आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा विहान ९:३० बजेदेखि सुरु हुने खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि आईसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको थियो ।
गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले यूएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुनः प्रतिस्पर्धा गर्दैछ ।
१९२ रनको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सिमित भएपछि नेपाल ७ रनले विजयी भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ ०७:४९