News Griha :: न्यूजगृह
समीक्षा अधिकारीलाई के भयो, किन लेखिन् यस्तो स्टाटस ?

काठमाडौं— गायिका समीक्षा अधिकारीले रेकर्डिङलगायतका सांगीतिक कामलाई केही दिनका लागि स्थगित गर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।

घाँटीमा टन्सिल बढेर विश्राम लिनु परेकाले सांगीतिकलगायतका काम गर्न असमर्थ रहेको उनले फेसबुकमा स्टाटस लेखेर जानकारी गराएकी छिन् ।

उनले लेखेकी छिन्,‘आदरणीय सबै जना संगीतकर्मीमा सर्वप्रथम त क्षमाप्रार्थी छु । केही दिनयता मौसमको कारण घाँटीमा टन्सिल बढेर विश्राम लिनु परेकोले केही दिनको लागि सांगीतिक तथा अन्य काम गर्न असमर्थ छु । हजुरहरूमा पर्न गएको असरप्रति विशेष ध्यान राखी पुनः काममा निरन्तरता हुने जानकारी गराउँदछु । आशा छ मनन् गरिदिनु हुनेछ ।’

समीक्षा पछिल्लो समय रेकर्डिङमा निकै व्यस्त बनिरहेकी थिइन् ।

samiksya1689512987.JPG

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:५३
Weather Update