दोस्रो मैत्रीपूर्ण महिला फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं— राष्ट्रिय महिला फुटबल टिमले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्दैछ ।
खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आइतबार साँझ सवा ५ बजे दोस्रो खेल खेल्न लागेको हो ।
एशियाडको तयारीमा रहेको नेपालले पहिलो मैत्रिपूर्ण खेलमा बिहीबार बङ्गलादेशसँग ११ गोलको बराबरी खेलेको थियो । गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनल पछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् ।
साफमा नेपाल बङ्गलादेशसँग फाइनलमा ३—१ ले पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १२:०४