मेयर बालेनले लेखे ‘कविता’– हामी जति बिकाउ भए पनि...

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मानिसको मृत्युबारे यथार्थ वर्णन गरेका छन् ।
मानिस मरे पनि उसले गरेका गल्ती नमेटिने साहले बताएका छन् ।
शनिबार बेलुका सामाजिक सञ्जालमा कवितात्मक शैलीमा गरिएको एउटा पोस्टमा उनले इतिहास लेखे पनि गल्ती नमेटिने उल्लेख गरेका हुन् ।
हामी मनुष्यलाई एक दिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर, बिर्सिनु पनि त सही छैन...
एक दिन यो पाउले धर्ती टेक्दैन
एक दिन यो शरीरले हुरी छेक्दैन
एक दिन यो आखाले संसार देख्दैन
एक दिन हातले मनको कुरा लेख्दैन
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन
एक दिन,
हामी जति बिकाउ भए पनि
आत्माले आफू बेच्दैन !!!
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० ०६:०४