News Griha :: न्यूजगृह
विराट गोल्डकप : एपीएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

विराटनगर— साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहिद रंगशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपीएफलाई टाइब्रेकरमा ४–२  गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो ।

लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपीएफको तर्फबाट दिपेश धिमाल र सविन गुरुङले गोल गरे ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो ।

खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए ।

उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत्र १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसित खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०६:४३
Weather Update