आफ्नो पहिरनमाथि टिकाटिप्पणी भएपछि बोलिन् मोडल कुसुम

काठमाडौं— ‘फूलमाया’ गीतको म्युजिक भिडिओबाट चर्चामा आएकी मोडल कुसुम शर्माले आफ्नो पहिरनमाथि समाचार नबनाउन आग्रह गरेकी छिन् ।
उनको पहिरनमाथि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । मोडल शर्माले आफूसँग आलोचना सहने क्षमता नभएको बताएकी छिन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कहिलेकाहीँ मर्न मन लाग्ने बताएकी छिन् ।
उनले लेखेकी छिन्,‘कहिलेकाहीँ मलाई महसुस हुन्छ कि म मर्न चाहन्छु । आत्महत्या होइन, खाली मर्न चाहन्छु । मलाई थाहा छैन किन हो । तर, यस्तो फिलिङ आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु । प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला । म एउटा न्यूकमर हुँ । मसँग सहन गर्ने क्षमता छैन ।’
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० ०७:३८