हेल्प नेपाल पुरुष भलिबलको फाइनलमा

काठमाडौं— सातौं प्रधानमन्त्री एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३—१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइल प्रवेश गरेको छ ।
उसले आर्मीलाई २९–२७, २१–२५, २५–२२ र चौथो सेट ३९–३७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो । पहिलो सेट निकै प्रतिस्पर्धी बन्दा हेल्प नेपालले लगातार २ अंक लिँदै पहिलो सेट जितेको हो ।
दोस्रो सेटमा आर्मी हेल्प नेपल माथि हाबी भयो । तेस्रो सेट हेल्प नेपालले जित्यो । चौथो सेट अत्यन्त प्रतिस्पर्धात्मक बन्दै ३७ प्वाइन्टको बराबरी सम्म लम्बियो । अन्त्यमा ३९–३७ मा हेल्प नेपल विजयी भयो । फाइनल खेल शनिबार ३ बजे हुने छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० २०:२५