भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं— प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।
दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेले ।
पहिलो हाफमा पछि परेको नेपाल दाेस्राे हाफकाे अन्तिम समयमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गरेपछि खेल बराबरीमा आयो ।
भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।
भुटान भने घर पर्केको छ । खेलको पहिलाे हाफकाे १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरे । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ २०:०४