News Griha :: न्यूजगृह
नारायण गोपालको ‘केही मिठो बात गर’ अब म्युजिक भिडिओमा

काठमाडौं— नेपाली सांगीतिक क्षेत्रका अमर नक्षत्र एवं स्वर सम्राट स्व.नारायण गोपाल श्रेष्ठका स्वरमा रहेको ‘केही मिठो बात गर’ बोल गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा नारायण गोपाल फाउन्डेसनले एक कार्यक्रम आयोजना गर्दै म्युजिक भिडिओ सार्वजनिक गरेको हो ।

म्युजिक भिडिओ सार्वजनिक गर्दै नारायण गोपाल संगीत कोषका अध्यक्ष दीपक केसीले स्व.नारायण गोपाल श्रेष्ठको गीतलाई संरक्षण गर्ने काम गरिरहेको बताएका छन् ।

उनले भने,‘हाम्रो कोषले उहाँको गीतहरुलाई संरक्षण गर्ने कामहरु गरिरहको छ । भाइवहिनीहरुलाई प्रोत्साहन गर्न सकियो भने गीत संगीतको क्षेत्रलाई अगाडि लान सकिन्छ भन्ने उहाँको सपना पूरा गर्न हामीले काठमाडौं महानगरपालिकासँग मिलेर भवन बनाइरहेका छौं । जहाँ गीत भोकलसँगै क्लासिकल गीतहरु सिकाइरहेका छौं ।’

सुव्रत आचार्यको निर्देशनमा बनेको उक्त म्युजिक भिडिओमा केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:५१
Weather Update