News Griha :: न्यूजगृह
खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ : सांसद पाण्डे

काठमाडौं— नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर युवाहरुलाई सिर्जनशील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको बताए । उनले आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

उनले भने,‘अहिले बजेट घटेर आएको छ ।  मन्त्रालयको आकारमा त बजेट निकै घटेर आएको छ । फोकस हुनुपर्ने मन्त्रालय खेलकुद हो । तत्काल बजेट बढाउन नसके पनि मन्त्रालयले प्रोएक्टिभ भएर, सिर्जनशील भएर नयाँ कुरा सोच्नुपर्छ, वैकल्पिक माध्यम सोच्नुपर्छ ।  १६५ निर्वाचन क्षेत्रमध्ये कम्तिमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयमा लगाउन सक्नुपर्छ । खेलकुद र युवा क्षेत्रमा निजी र अन्य सहकारी लगायतका क्षेत्रहरुले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न सकिन्छ कि त्यसमा पनि सोच्नुपर्छ ।’

सांसद पाण्डेले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरु बद्नाम हुनुपरेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:४७
Weather Update