News Griha :: न्यूजगृह
दशरथ रंगशालामा नेपाल र भुटान भिड्दै  

काठमाडौं— प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अहिले नेपाल र भुटान भिड्दैछन् ।

काठमाडौंको दशरथ रंगशालामा खेलको १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका छन् ।

दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् । खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

भुटानलाई भने फाइनलमा पुग्नका लागि नेपालसँगको खेल २ गोल भन्दा बढीको अन्तरले जित्नु पर्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:४१
Weather Update