News Griha :: न्यूजगृह
खस्कियो नेपालको ओडीआई वरीयता 
फाइल तस्बिर ।

काठमाडौं— नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई वरीयता १ स्थान तल झरेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५औँ स्थानमा पुगेको हो । 

नेपालले एकदिवसीय विश्वकप छनोटका ६ खेलमध्ये २ मा मात्र जित हात पारेको थियो । 

एकदिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधारेपछि नेपाल पछि परेको हो । 

एसोसिएटतर्फ स्कटल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा धकेलिएको छ । 

नयाँ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया र दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत तथा न्युजिल्यान्ड चौथो स्थानमा छन् । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:२५
Weather Update