News Griha :: न्यूजगृह
खेलकुद क्षेत्रको विकासमा मन्त्रालय गम्भीर छ : मन्त्री लिम्बू

काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सीमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन् । 

इमर्जिङ कप खेल्न श्रीलंका जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ कार्यक्रममा उनले खेलाडीहरूको मेहेनतमा मन्त्रालयको सानो सहयोगको लागि सीमित स्रोतको प्रयोग आवश्यकता पूर्तिको लागि परिचालन गर्ने प्रयासमा रहेको बताए ।

उनले भने, ‘हामीसँग सीमित स्रोत र साधन छ त्यसबाट हाम्रो असीमित आवश्यकताहरू कसरी पूरा गर्ने भन्ने विषयमा मन्त्रालय लागि रहेको छ । तपाईंहरूको मेहेनतमा मन्त्रालयको सानो सहयोग होस् भनेर लागिरहेको छु र यसप्रति प्रधानमन्त्री पनि चिन्तित हुनुहुन्छ ।’

मन्त्री लिम्बूले खेल र पर्यटकलाई सँगसँगै लाने हो भने त्यसबाट देशलाई आर्थिक सहयोग, रोजगारीको सिर्जना र विभिन्न खालका अवसरहरु प्राप्त हुने भन्दै पर्यटन विकासमा खेदकुदको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले अहिलेसम्म भएको सफलताबाट नेपालीको इज्जत बढेको भन्दै निराश नभइकन अगाडि बढ्न सरकार सधैँ साथमा रहेको बताए । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:५१
Weather Update