News Griha :: न्यूजगृह
क्रिकेट खेलाडीले पाए १६ महिनापछि सरकारले घोषणा गरेको पुरस्कार

कास्की— कैलालीको धनगढीमा २०७८ साल चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् ।

नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यतिबेला घोषणा गरेको जनही ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आयोजित एक खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलाडीलाई सम्मान गरेका हुन् ।

च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजारका दरले पुरस्कार रकम प्राप्त गरे ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०९:५९
Weather Update